काठमाडौं । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले संसदीय समिति असफल नभएको बताए । उनले संसदीय समितिमा विषयगत छलफलमा करिव एक महिनामा सम्बन्धित विषयमा सबैसँग छलफल गरी पास गर्ने काम गरेको बताए ।
सांसद पोखरेलले संविधानले मन्त्री, प्रधानमन्त्री समितिप्रति उत्तरदायी हुनुपर्ने बताएपनि त्यस्तो नभएको बताए । उनले भने,‘ संसदीय समितिहरु असफल भन्ने मलाई लाग्दैन । केही विषयमा भन्दा अन्य विषयमा समितिहरुले एक महिना भित्र छलफल गरेर पास गरेको छ । नेपालमा सरकार पक्षहरुको बुझाइ के छ भने संविधानमा प्रष्टसँग लेखिएको छ । व्यक्तिगत रुपमा मन्त्रीहरु संसदप्रति उत्तरदायी हुनुपर्छ । तर त्यस्तो देखिँदैन । समितिले दिएको निर्देशन नैतिक बन्धनमात्रै हो जस्तो रुपमा लिने गरिएको छ ।’