
काठमाडौं । आज देशभर ९१५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार दुई जनाको स्वाब परीक्षण गर्दा ९१५ जनामा कोरोना पुष्टि भएको हो।
आज तीन हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जनामा र दुई हजार ९११ जनाको एन्टिजन परीक्षण गर्दा ३२५ जनामा कोरोना देखिएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ३०१ जना निको भएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या पनि पाँच हजार ४३३ पुगेको छ।
केही सातायता संक्रमण दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।समीरकुमार अधिकारीले बताए। उनको अनुसार, गत साता १२ प्रतिशत रहेको संक्रमण दर आज १५ प्रतिशत पुगेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend