
दाङ । दाङमा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–५ का २९ वर्षका चमन बिक रहेको ईलाका प्रहरी कर्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीले पीडितको जाहेरीका आधारमा बिकलाई पक्राउ गरेको हो । घरमा कोहि नभएको मौका पारेर उनले बालिकलाई मंगलबार मकैबारीमा लगेर बलात्कार गरेको उजुरी आएको ईलाका प्रहरी कर्यालय तुलसीपुरका डीएसपी अर्यालले बताए ।
बालिकाले यौनअंग दुखेको आमालाई बताएपछि घटना बाहिर आएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend