आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

संसदमा जवाफ दिइसकेको भनेर संसदीय समितिको अवहेलना गर्न मिल्दैनः लक्ष्मी परियार

संसदमा जवाफ दिइसकेको भनेर संसदीय समितिको अवहेलना गर्न मिल्दैनः लक्ष्मी परियार

काठमाडौं । नेपाली काँग्रेसकी सांसद लक्ष्मी परियारले संसदमा जवाफ दिइसकेको भनेर संसदीय समितिको अवहेलना गर्न नमिल्ने बताइन् । उनले संसदमा जवाफ दिइसकेपनि समितिको बैठकमा उपस्थिति भएर त्यसबारेमा स्पष्ट पार्न आवश्यक रहेको बताउनु भयो । सरकार र मन्त्रीले समितिका कुरालाई टारेर जान नहुने बताइन् ।

उनले भनिन्, ‘फुल संसदलाई जवाफ दिएको कारणले यहाँ नआउनुभएको हो भने त्यो मिल्दैन । यहाँ जे हो त्यो आएर भन्नुपर्छ । माग गरेको कुरा दिनुपर्छ । सरकार र मन्त्रीज्यूले समितिका कुरालाई स्केप गरेर जानु हुँदैन ।’

फरक प्रसंगमा सांसद परियारले सप्तकोशी नदीको मोटरेबल पुललाई रिभ्यू गर्ने कुरामा फलोअप हुन नसकेको बताइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend