logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • बन्दुकधारीको आक्रमणमा नाइजेरियामा पाँच जनाको मृत्यु

    बन्दुकधारीको आक्रमणमा नाइजेरियामा पाँच जनाको मृत्यु

    5.2K
    Shares
    बन्दुकधारीको आक्रमणमा नाइजेरियामा पाँच जनाको मृत्यु

    नाइजेरिया । मध्यनाइजेरियाको कोगी राज्यमा शुक्रबार राति अज्ञात बन्दुकधारीले व्यापारिक काफिलेमा आक्रमण गर्दा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य दुई जना बेपत्ता भएका छन् । कोगीस्तित वेस्ट अफ्रिका सिरामिक्स कम्पनी सम्बन्धित काफिलेको सुरक्षामा एकजना भारतीय प्रवासी, दुई चालक र दुई प्रहरीको मृत्यु भएको कोगीका प्रहरी प्रवक्ता विलियम ओभिए अयाले बताएका छन् ।

    आक्रमणपछि दुई भारतीय प्रवासी बेपत्ता भएको पनि बताइएको छ । अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको यस देशमा वर्षौंदेखि गोली हानाहानका घटना र आक्रमण बारम्बार जारी छ जसको परिणामस्वरूप नागरिक र सुरक्षाकर्मीको मृत्युका घटना दोहोरिरहेका छन् । शान्ति र अमनचैन स्थापित हुन सकेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend