आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मौद्रिक नीतिले ७ प्रतिशत मूल्यवृद्धि कायम राख्न असम्भवः शेखर गोल्छा

मौद्रिक नीतिले ७ प्रतिशत मूल्यवृद्धि कायम राख्न असम्भवः शेखर गोल्छा

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले ७ प्रतिशत मूल्यवृद्धि कायम राख्न असम्भव रहेको बताए । आईतवार काठमाडौंमा भएका एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

उनले मौद्रिक नीतिमा ८ प्रतिशतको ग्रोथ रेट र मूल्यवृद्धिलाई ७ प्रतिशतमा सिमति राख्ने लक्ष्य महासंघलाई वास्तविक नलागेको बताए । अध्यक्ष गोल्छाले मौद्रिक नीतिले बैंकको ब्याजदर वृद्धि हुने भएकाले कर्जाको माग कम हुने बताए ।

उनले भने,‘अहिले आएको मौद्रिक नीतिमा ८ प्रतिशतको ग्रोथ रेट र मूल्यवृद्धिलाई ७ प्रतिशतमा लिमिट राख्ने कुरा आएको छ । मलाई लाग्छ यो जनता र राजनीतिक भ्यु हो जस्तो लाग्छ । किनकी संकुचित हुने मौद्रिक नीति अर्कोतिर ग्रोथ रेट ८ प्रतिशत र वाह्य कारण पनि मूल्यवृद्धि ७ प्रतिशत कायम राख्नु यो असम्भव हो । यो बाझिएको छ । मौद्रिक नीतिले जुन लक्ष्यहरु हासिल गर्ने प्रयास गरेको छ । जिडिपी ग्रोथ रेट र मूल्य वृद्धिको लक्ष्य लिएको छ । त्यो वास्तविक हामीलाई लागेन । हामी बुझ्नसक्छौं । नीति तथा कार्यक्रमले एउटा कुरा बोलेको थियो । मौद्रिक नीतिले ब्याजदर बढाउनेछ । ब्याजदर बढेपछि पैसाको माग कम हुनेछ । अहिले अर्थतन्त्रमा आएको समस्या समाधान हुनेछ भन्ने कुरा बुझ्नसक्छौं ।

अध्यक्ष गोल्छाले मौद्रिक नीतिले जिडिपी ग्रोथ रेट र मूल्य वृद्धिको लक्ष्य लिएपनि त्यो निजी क्षेत्रलाई वास्तविक नलागेको बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend