logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे

    दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे

    6.2K
    Shares
    दक्षिण कोरियामा कोरोना सङ्क्रमित घटे

    सोल/रासस । दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ ।

    यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेका थिए । अघिल्लो हप्ता औषतमा एक लाख तीन हजार ४११ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पाइएको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २७ बढी हो ।
    पछिल्लो एक दिनमा दक्षिण कोरियामा कोरोना कारण २९ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार २९२ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend