logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल अनुगमन गर्न सभापती खड्काको निर्देशन

    यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल अनुगमन गर्न सभापती खड्काको निर्देशन

    5.4K
    Shares
    यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल अनुगमन गर्न सभापती खड्काको निर्देशन

     

    काठमाडौं । संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन् ।

    समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन् । उनले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिइन् । सभापति खड्काले देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिइन् । उनले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तर उन्नतीको काममा भइरहेको ढिलासुस्ति तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखि निर्माणाधिन नारायणघाट– मुग्लिन र मुग्लिन–पोखरा सडक स्तर उन्नतीको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिइन् ।

    उनले भनिन्,‘ सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा हटाउन तथा देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन समिति भौतिक तथा उर्जा मन्त्रालयलाई निर्देशन गर्दछ । राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तर उन्नतीको काममा भइरहेको ढिलासुस्ति तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखि निर्माणाधिन नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडक स्तर उन्नतीको कार्य निर्धारित समय र गुणस्तरीय बनाएर तीब्र रुपमा अगाडि बढाउन भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ । नेपालको भूबनावटका कारण विभिन्न भागहरुमा अपनाउँदै आएको परम्परागत दृष्टिकोणको कारण हाम्रा विकासका पूर्वाधारहरु दिगो र गुणस्तर हुन नसकेको अर्थाथलाई ध्यानमा राखि वातावरण,प्रविधि मैत्री र गुणस्तरीय विकास निर्माण सहित दीर्घकालिन समाधान सहितको विकास निर्माणको उपयुक्त महल अवलम्वन गरी तत्काल अध्ययन गरी कानून ल्याउन समिति नेपाल सरकार मन्त्रीपरिषद्को कार्यलय र भौतिक मन्त्रालयलाई निर्देशन गर्दछ ।

    सार्वजनिक यातायातको भाडादर पेट्रोलियम पदार्थको मूल्य समायोजन समेत वैज्ञानिक ढङगले स्वचालित प्रणाली अपनाएको भएपनि सार्वजनिक यातायातले मनोमानी रुपमा भाडा असुल्ने सर्वसाधरणको गुनासो आएको कारण यसको नियमित रुपमा भरपर्दा अनुगमन गर्न र संस्थागत संयन्त्र तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउन समिति भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

    सभापति खड्काले वातावरण,प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालिन समाधान सहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानून ल्याउन सरकारलाई निर्देशन दिइन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend