logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • हामी देशको ढुकुटीमा कहिल्यै र्‍याल चुहाउने छैनौंः रवि लामिछाने

    हामी देशको ढुकुटीमा कहिल्यै र्‍याल चुहाउने छैनौंः रवि लामिछाने

    7K
    Shares
    हामी देशको ढुकुटीमा कहिल्यै र्‍याल चुहाउने छैनौंः रवि लामिछाने

     

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूहरुले कहिल्यै देशको ढुकुटीमा र्‍याल नचुहाउने प्रतिवद्धता व्यक्त गरेका छन्। पार्टीको काभ्रे जिल्ला भेलालाई सोमबार सम्बोधन गर्दै लामिछानेले अहिले चुनाव घोषणा भएपछि पनि सांसदहरुले सेवा सुविधा लिइरहेको तर्फ संकेत गर्दै यस्तो बताएका हुन्।

    ‘अहिले चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको छ। अबको बाँकी तीन महिना तलब भत्ता नखाए हुन्थ्यो। तर अझै छोडेका छैनन्।’ उनले भने, ‘ देशभरका ८२५ सांसदहरुको तलब र दशैंको भत्ता सुविधा खाने पैसा हामीलाई अहिले प्राप्त हुने हो भने यो देशमा कयौं बर्थिङ्ग सेन्टर र दुर्गममा अस्पताल बनाउन सक्छौं। त्यो ३०र४० करोड भन्दा बढी पैसा निर्वाचन घोषणा भएपछि किन खान खोजिँदैछरु देशको ढुकुटीमा यसरी हामी कहिल्यै र्‍याल चुहाउँदैनौँ, यो मेरो वाचा भयो।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend