logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

    उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

    6K
    Shares
    उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन् । मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए ।

    उनले छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्ने बताए । उनले जसपासँग सँगै बसेर काम गरिसकेकोले सरकारमा सँगै बस्नको लागि कुनै कठिन नरहेको बताए । उनले भने, ‘हामी चुनावको तयारीमा लागिसकेका छाँै । गठबन्धनको सवाल पनि उठिरहेको छ । तर अहिले ५ दलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौँ । छैटौं दलको रुपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ । जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन । सरकारको कुरा पनि भइरहेको छ ।’

    उनले नागरिकता मुद्दाको विषयको सवालमा नै सरकारलाई सहयोग गर्न लागेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend