logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतले निर्वाचनको मुखमा आएर चिया निर्यातमा समस्या खडा गर्न हुदैनः झलनाथ खनाल

    भारतले निर्वाचनको मुखमा आएर चिया निर्यातमा समस्या खडा गर्न हुदैनः झलनाथ खनाल

    8.4K
    Shares
    भारतले निर्वाचनको मुखमा आएर चिया निर्यातमा समस्या खडा गर्न हुदैनः झलनाथ खनाल

     

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भारतले निर्वाचनको मुखमा आएर चिया निर्यातमा समस्या खडा गर्न नहुने बताएका छन् । भारतमा नेपाली चिया निर्यातमा रोक लगाउने विषय बाहिर आएको भन्दै त्यस्तो हुन नदिन मंगलवार खनालको नेतृत्वमा इलामका चिया उत्पादकहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पछि नेता खनालले यस्तो बताएका हुन् ।

    उनले निर्वाचनको मुखमा भारतले चिया निर्यातमा समस्या खडा गर्नु भनेको छिमेकीले छिमेकीसँगको मैत्रीपूर्ण विषय नभएको बताए । उनले नेपालले भारतमा चिया निर्यात गर्दा पाएको सुविधा कटौती गर्न सरकारले दिन नहुने बताए । उनले प्रधानमन्त्रीसँग पहिलो आग्रह नै चिया निर्यातमा पाइरहेको सुविधा कटौती नहोस् भन्ने माग रहेको बताए । नेता खनालले अहिले नेपालको चिया भारतमा निर्यातको जस्तो अवस्था रहेको छ त्यसमा कुनै प्रकारको बाधा आउन नहुने बताए ।उनले नेपालमा उत्पादन भएको चियाको मुख्य बजार नै भारत भएकाले निर्यातमा समस्या आउन सरकारले दिन नुहने बताए । नेता खनालले भारतसँग चियामा सहुलियतपूर्ण सम्बन्ध रहेकाले नेपालबाट चिया निर्यात गर्दा कुनै कर लगाएको भन्दै चिया निर्यातमा भारतबाट नेपालले पाएको सुविधा भएको बताए । उनले नेपालको चिया निर्यातमा पाएको सुविधालाई कटौती गर्ने हिसावले भारतका ३१ जना संसदहरुको टिमले अध्ययन गरेर भारत सरकारलाई नेपालको चिया गुणस्तरहीन र विषादी पनि आएकाले भारतको अन्तर्राष्ट्रिय बजारमा समस्या भयो भन्दै प्रतिवेदन बुझाएको बताए । उनले भारत सरकारले चिया निर्यातमा दिएको सुविधा कटौती र रोक लगाएका नेपाली चिया उत्पादकहरु लगायत मुलुकमा समस्या हुने जिकिर गरे ।

    उनले भने,‘ पछिल्लो समय नेपालमा निजी क्षेत्रमा समेत चिया उत्पादन बिस्तार व्यापक भइरहेको छ । पहाडमा अर्थोडक चिया उत्पादन गरिरहेका छौं । तराईमा सिटिसी चिया उत्पादन गरेका छौं । यी दुवैको बजार भारत नै रहेको छ । अन्य देशमा पनि केही चिया निर्यात गरेपनि भारत नै मुख्य बजार हो । भारतसँग चियामा सहुलियतपूर्ण सम्बन्ध रहेको छ । नेपालको चियाको लागि कुनै कर लगाएको छैन । भारतबाट नेपालले चिया निर्यातमा पाएको सुविधा पनि हो । त्यो सुविधालाई कटौती गर्ने हिसावले भारतका ३१ जना संसदहरुको टिमले अध्ययन गरेर भारत सरकारलाई नेपालको चिया गुणस्तरहीन र विषादी पनि आएकाले भारतको अन्तर्राष्ट्रिय बजारमा समस्या भयो भन्दै प्रतिवेदन बुझाएको कुरा सुन्यौं ।

    यस्तो भारतमा भयो भने समस्या पार्नसक्छ । नेपालको चिया जति पनि भारतमा जान्छ । भारतकै ल्याबहरुमा परीक्षण गरेर निर्यात हुने गरेको छ । ल्याबमा परीक्षण नगरी गुणस्तरहीन भन्दा नेपालका चिया उत्पादकहरु चिन्तामा छन् । यो राष्ट्रको समेत चिन्ताको विषय हो । नेपालले भारतमा चिया निर्यात गर्दा पाएको सुविधा कटौती नहोस् प्राथमिक माग त्यो हो । चिया यो भन्दा राम्रो गुणस्तर उत्पादन गर्ने लगायत अन्य आन्तरिक समस्या हुन् । अहिले नेपालको चिया भारतमा निर्यात जे अवस्था हो । त्यसमा कुनै प्रकारको बाधा नआओस् । नेपालको निर्वाचनको मुखमा भारतले यस्तो समस्या खडा गर्नु भनेको छिमेकीले छिमेकीसँगको मैत्रीपूर्ण विषय होइन । यो विषयमा प्रधानमन्त्रीले गम्भिरतापूर्वक सुन्नुभयो । भारतसँग म कुराकानी गर्छु भन्नुभएको छ ।’

    त्यस्तै सूर्यदय चिया एशोसिएशनका अध्यक्ष उत्तमकुमार श्रेष्ठ अहिलेसम्म जुन किसिमले नेपालको चिया सहज रुपमा भारत निर्यात भइरहेको छ त्यसरी नै सहज बनाइ राखिदिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बझाएको बताए । ज्ञापनपत्र बुझ्दै भारतका राजदुतलाई बोलाएर चिया निर्यातको विषयमा कुरा गर्ने बताउनुभएको गर्र्ने उनको भनाई छ । अध्यक्ष श्रेष्ठले भारत सरकारले नेपालको चिया निर्यातमा कडाई गर्ने चरणमा रहेकाले नेपाल सरकारले भारत सरकारसँग जिटुजी सम्झौता गरेर चिया निर्यात सहज बनाउनुपर्ने बताए ।

    अध्यक्ष श्रष्ठले इलाम जिल्लाको १३ हजार हेक्टर क्षेत्रमाबाट ६० लाख किलो चिया उत्पादन हुने गरेको बताए । उनले २६ हजार किसानले चिया खेती गर्ने गरेको बताए । अध्यक्ष श्रेष्ठले ८० हजार मजदुरले रोजगारी पाएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend