logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • बझाङमा एकै परिवारका तीनजना झुन्डिएको अवस्थामा मृत फेला

    बझाङमा एकै परिवारका तीनजना झुन्डिएको अवस्थामा मृत फेला

    7.2K
    Shares
    बझाङमा एकै परिवारका तीनजना झुन्डिएको अवस्थामा मृत फेला

    बझाङ । बझाङमा एकै परिवारका तीनजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । बझाङको बुङ्गल नगरपालिका वडा नं. ९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

    बुङ्गल नगरपालिका वडा नं. ९ रारुकी २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएको वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिए । घटना कसरी भयो भन्नेबारे खुलेको भने छैन ।

    घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend