logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • जित्नेको पहिचान गरी टिकट सिफारिस गर्नुपर्छः सुवास नेम्वाङ

    जित्नेको पहिचान गरी टिकट सिफारिस गर्नुपर्छः सुवास नेम्वाङ

    5.8K
    Shares
    जित्नेको पहिचान गरी टिकट सिफारिस गर्नुपर्छः सुवास नेम्वाङ

     

    ताप्लेजुङ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जित्नेको पहिचान गरी टिकट सिफारिस गर्न जिल्ला कमिटीलाई सुझाव दिएका छन् । नेकपा एमालेले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले चारैतिरबाट घेराबन्दी भइरहेको बेला खुट्टा तान्ने प्रवृत्ति भए झन् क्षति हुने भएकाले त्यसो नगर्न जिल्लाका नेता तथा कार्यकर्तालाई सुझाव दिए ।

    मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जित्ने उम्मेदवार पार्टीको प्रमुख एजेन्डा भएको उनले बताए । ‘हामीले स्थानीय तह निर्वाचनलाई नजिकबाट नियालेका छौं,’ नेम्वाङले भने, ‘उम्मेदवार मिलाएको भए, आफ्नै खुट्टामा खुट्टा, पेन्टमा पेन्ट नअल्झाएको भए ५०/६० सिट बढी जित्थ्यौं ।’ अबको निर्वाचनमा त्यस्तो हुन नदिन सबै नेता, कार्यकर्ता एक हुन उनले आग्रह गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend