आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

चुनावमा अपनाउने रणनीति र कार्ययोजनाबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

चुनावमा अपनाउने रणनीति र कार्ययोजनाबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

 

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । पार्टी कार्यालय च्यासलमा दिउँसो १२ बजे बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए ।

बैठकमा आगामी चुनावमा अपनाउने रणनीति र कार्ययोजनाबारे छलफल हुने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । सचिवालय बैठकपछि एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । केन्द्रीय कमिटीमार्फत उम्मेदवार छनोट, घोषणापत्र मस्यौदा लगायत निर्वाचनसँग सम्बन्धित निर्णय गर्नेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend