logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतमा १६ हजारभन्दा बढी कोरोना सङ्क्रमित, ५३ जनाको मृत्यु

    भारतमा १६ हजारभन्दा बढी कोरोना सङ्क्रमित, ५३ जनाको मृत्यु

    6.1K
    Shares
    भारतमा १६ हजारभन्दा बढी कोरोना सङ्क्रमित, ५३ जनाको मृत्यु

    काठमाडौं । भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार २९९ नयाँ सङ्क्रमित भएका हुन् ।

    यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख छ हजार नौ सय ९६ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ ।

    भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ७६ रहेको छ ।

    कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार आठ सय ७९ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १९ हजार चार सय ३१ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३५ लाख ३५ हजार छ सय १० भन्दा बढी कोरोनामुक्त भएका छन् ।

    नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब छ करोड ५८ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ ।

    भारतमा कोरोना सुरु भएयता हालसमम ८७ करोड ९२ लाख ३३ हजार दुई सय ५१ जनाको कारोना भाइरस परीक्षण भएको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend