logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागरिकता विधेयक प्रमाणीकरण गर्न माग

    नागरिकता विधेयक प्रमाणीकरण गर्न माग

    7.4K
    Shares
    नागरिकता विधेयक प्रमाणीकरण गर्न माग

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट पास भइसकेको र प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेकाले सो विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।

    उनले उक्त विधेयकले तराई तथा देशका अन्य भू–भागका नागरिकको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने भएकाले त्यसलाई प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।

    नेता यादवले अहिलेको पाँचदलीय गठबन्धन नेपाली जनताको आवश्यकताका आधारमा बनेको बताउँदै चुनाव र चुनावपछि पनि यही गठबन्धन कायम रहने स्पष्ट गरे ।

    उनले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा नै यसअघिको सरकारले तीन वर्षसम्म गर्न नसकेका काम गरेको दाबी गरे ।

    सोही कार्यक्रममा नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग गरे । नेता अधिकारीले घटाउनुपर्ने पेट्रोलियम पदार्थको मूल्य नघटाउँदा यसबाट नेपाली जनता प्रत्यक्षरूपमा महँगीको मारमा परेको तर्क गरे ।

    उनले भने, “पेट्रोलियम पदार्थको मूल्य १५–१५ दिनमा समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन, त्यसलाई घटाउनुपर्छ ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend