logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • तालमेलका लागि सहमतीको मोडालिटी तयार गर्ने काम सकारात्मकः देव गुरुङ

    तालमेलका लागि सहमतीको मोडालिटी तयार गर्ने काम सकारात्मकः देव गुरुङ

    8.1K
    Shares
    तालमेलका लागि सहमतीको मोडालिटी तयार गर्ने काम सकारात्मकः देव गुरुङ

     

    काठमाडौं । सत्तारुढ गठबन्धनको तालमेलको विषय टुंग्याउन गठित कार्यदलले तालमेलको विषयमा सैद्धान्तिक रुपले सहमतीको नजिक पुगेको बताएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको हो ।

    कार्यदल सदस्य तथा नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले तालमेलका लागि सहमतीको मोडालिटी तयार गर्ने काम सकारात्मक रुपले अगाडी बढेको बताए । बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले तालमेलको विभिन्न मोडालिटीको बारेमा छलफल भएको जानकारी दिए ।

    उनले चालु सदनमा सांसदहरुको सिटको आधारमा सहमती खोज्ने विषयमा कुराकानी भएको बताए । उनले भने– ‘आज हामी छलफल ग¥यौँ । पाँच दलको बीचमा आउँदो निर्वाचनमा सहमतीका साथ तालमेल मिलाएर गठबन्धनकै प्रक्रियाबाट अगाडी बढ्नुपर्छ भन्ने स्प्रिटमै अगाडी बढेको छ । सहमतीको मोडालिटीको तयार गर्ने प्रक्रियामा आज छलफल भएको छ ।

    आज सहमतीको मोडालिटी तयार गर्ने क्रममा सकारात्मक दिशातर्फ गएको छ । सैद्धान्तिक मान्यताहरुको सन्दर्भमा सहमतीको नजिक पुगेको छ । त्यसलाई प्राक्टिसमा कहाँ कति मेल खान्छ, खाँदैन भन्ने कुरा आ–आफ्ना दलभित्र पनि अलिकति वर्कआउट गरेर आउँदो बैठकमा टुंग्याउनुपर्छ भन्ने कुरा भएको छ । आजको छलफलमा मोडालिटी तयार गर्ने कुरामा, सिद्धान्त तयार गर्ने कुरामा मोटामोटी सैद्धान्तिक रुपले सहमतीको नजिक पुग्न खोजेको छ ।

    सदनमा उपस्थितिको आकार छ, प्रत्यक्ष र समानुपातिकतर्फ । समानुपातिक तर्फपनि विगतकालमा आएका सिटहरुकै आधारमा उपस्थिति भएको अवस्था छ । प्रत्यक्ष पनि त्यही रुपमा छ । त्यसैको सेरोफेरोमा सहमतीको मोडालिटी खोज्दै जानुपर्छ भन्ने प्रकारको कुराहरु भएको छ । आजको बसाईमा सैद्धान्तिक रुपले सहमतिको नजिक पुगेको छ ।’

    नेता गुरुङले कार्यदलको आगामी बैठक भदौ ३० गते बस्ने जानकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend