मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

पन्ध्र वर्ष आयु बढेको छ, अझै चुनाव लड्छु, अझै जनताको सेवा गर्छुः झलनाथ खनाल

पन्ध्र वर्ष आयु बढेको छ, अझै चुनाव लड्छु, अझै जनताको सेवा गर्छुः झलनाथ खनाल

 

झापा । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उम्मेदवारी दिने बताएका छन् । नेता खनालले आफूलाई अझ जवान अनुभूति भएकाले फेरि पनि इलामको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।

गत साल गम्भीर बिरामी परेर निको भएपछि अझ १५ वर्ष आफ्नो आयु बढेको बताउँदै इलामे जनताको सेवा अझै गर्ने नेता खनालले बताए।

आफ्नो निर्वाचन क्षेत्र इलामको क्षेत्र नं. १ जाने क्रममा शनिबार झापाको बिर्तामोडमा पत्रकारहरूसँग कुरा गर्दै नेता खनालले आफू अझ सक्रिय भएर राजनीति गर्ने बताए।

आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि सत्ता गठबन्धनले गर्ने तालमेल स्थानीय तहको जस्तो भए त्यो अस्वीकार्य हुने उनले बताए।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend