शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

देशभर थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

देशभर थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

 

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend