आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

प्युठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते

प्युठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते

 

दाङ । प्युठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आइतबार साझ ५ बजे बागदुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनि गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा ९ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सत्यनारायण थापाले बताए । घाईतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागी जिल्ला अस्पताल लगिएको छ ।

गाडी सडकबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार थिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend