logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुपन्देहीमा गोली प्रहारबाट युवक घाइते

    रुपन्देहीमा गोली प्रहारबाट युवक घाइते

    6.4K
    Shares
    रुपन्देहीमा गोली प्रहारबाट युवक घाइते

    रुपन्देही । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गएराति करिब ११ बजे गोली चल्दा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बस्ने ३१ वर्षीय विकास गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

    गुरुङको कम्मरमा गोली लागेको र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले बताउनुभयो । रुपन्देहीको ओमसतिया–४ वसन्तपुरमा सडकमा हिँडिरहेको समयमा गुरुङमाथि गोली प्रहार भएको थियो ।

    रोहिणी गाउँपालिका– १ बाइपास रोडको सिद्धार्थ रेष्टुराँमा एक समूहले गररगहना लुटेर भाग्ने क्रममा ओमसतियाको बसन्तपुरमा रहेको वडा कार्यालय अगाडि गुरुङसँग जम्काभेट भएपछि गोली प्रहार भएको प्रहरीको अनुमान छ ।

    सो रेष्टुराँमा काउन्टरमा भएको केही नगद र दुई तोला बराबरको सुन लुटिएको छ । प्रहरीले होटल सञ्चालकसहित चार जनालाई लिएर अहिले सोधपुछ गरिहेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend