logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    5.3K
    Shares
    घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

    सोमबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ४ सय र तेजावी सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबर छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ८ सय र तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    सोमबार चाँदीको मूल्य तोलामा १ हजार २३५ रुपैयाँ कायम भएको छ । आइतबर चाँदीको मूल्य एक हजार २५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend