logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • थप ८८८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

    थप ८८८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

    5.6K
    Shares
    थप ८८८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

     

    काठमाडौं । मुलुकभर बितेको चौबिस घन्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५ हजार ७३७ जनामा परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

    जसमध्य ३ हजार १५५ नमुनाको पीसीआर परीक्षण गर्दा ४२७ जना र २ हजार ५८२ जनामा एनटीजेन परीक्षण गर्दा ४६१ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा ४७४ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पीसीआरतर्फ ९ लाख ९३ हजार ४५९ र एन्टीजेनतर्फ १ लाख ४७ हजार ३७३ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ९ लाख ७६ हजार ८३ पुगेको छ । हालसम्म ११ हजार ९८९ संक्रमितको मृत्यु भएको छ।

    मन्त्रालयका अनुसार सोमबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ पुगेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend