logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ट्राफिक प्रहरीको विशेष चेकिङः १ सय १८ जना कलेजका विधार्थी कारवाहीमा

    ट्राफिक प्रहरीको विशेष चेकिङः १ सय १८ जना कलेजका विधार्थी कारवाहीमा

    5.6K
    Shares
    ट्राफिक प्रहरीको विशेष चेकिङः १ सय १८ जना कलेजका विधार्थी कारवाहीमा

     

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई लक्षित गरेर बिभिन्न अभियान संचालन गर्दै आई रहेको छ । जसमध्ये आज बिहान कलेजका विधार्थी लक्षित ट्राफिक चेकजाँच अभियान सम्पन्न भएको छ ।

    चेकजाँचमा सवारी चालक अनुमती पत्र नभएका ६१ जना , सवारी दर्ता किताव नभएका ३९ जना र तिन जना सवार ७ जना विधार्थीहरू कारवाहिमा परेका छन । त्यस्तै हेल्मेट नलगाई सवारी साधन चलाउने १ जना र अन्य ट्राफिक नियम उल्लघंन गर्ने १० जना गरी १ सय १८ जना विधार्थीहरू कारवाहीमा परेका हुन् ।

    कारवाहिमा पर्ने बिधार्थीहरूमा सबै दुई पांग्रे सवारी साधनका चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गत वर्षको तथ्याङ्क हेर्ने हो भने काठमाडौं उपत्यका भित्र १० हजार ७ सय ३३ वटा सवारी साधन दुर्घटना भएका छन ।

    जसमध्ये ८ हजार ३ सय ६४ वटा दुई पांग्रे सवारी साधन रहेका छन । सवारी दुर्घटनामा परि १ सय ९१ जनाको मृत्यु हुँदा २ पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै १ सय १७ जनाको मृत्यु भएको छ । जसमध्ये ५८ जना पैदल यात्रीको समेत सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश दुई पांग्रे सवारी साधन प्रयोगकर्ता रहेका छन ।

    उमेर समुहका आधारमा हेर्ने हो भने १७ वर्ष देखि ३५ वर्ष सम्मका दुईपाङ्ग्रे सवारी साधन प्रयोगकर्ता रहेका छन । यसरी सबै भन्दा धेरै दुर्घटनामा पर्नेमा दुईपांग्रे सवारी साधन देखिएकोले दुर्घटना न्युनिकरण गर्नको लागी ट्राफिक प्रहरीले विशेष अभियाननै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही गर्न सुरू गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend