बुटवल । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी संघ र प्रदेशको निर्वाचनबाट फेरि एमाले सरकारमा आउने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल अर्घाखाँचीले सोमवार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले यस्तो बताएका हुन् ।
एमालेले जनप्रिय कामहरू गरेकाले फेरि सरकारमा आउने उनले दाबी गरे । नेम्वाङले पार्टीले आगामी निर्वाचनका लागि तयारी पूरा गरिसकेकाले निर्वाचनमा एक्लै अगाडि बढ्ने बताए ।
आउने निर्वाचनमा आफूहरूका लागि चुनौती रहेपनि मिल्न सक्ने दलहरूसँग संवाद भइरहेको उनको भनाइ छ । नभए एमाले एक्लै निर्वाचनमा जाने तयारीमा रहेको उनले बताए ।