logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक हुबहु संसदबाट पठाउनुपर्छः देवेन्द्रराज कँडेल

    राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक हुबहु संसदबाट पठाउनुपर्छः देवेन्द्रराज कँडेल

    6.9K
    Shares
    राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक हुबहु संसदबाट पठाउनुपर्छः देवेन्द्रराज कँडेल

     

    काठमाडौं । नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक हुबहु संसदबाट पठाउनुपर्ने बताएका छन् । मंगलवार प्रनिनिधि सभाको बैठकपछि संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै कँडेलले यस्तो बताएका हुन् ।

    उनले लाखौं नागरिक नागरिकता विहीन भएकाले तत्काल नागरिकता विधेयक ल्याउन आवश्यक रहेको बताए । सांसद कँडेलले संसदले पुनः विधेयक प्रमाणिकरणको लागि पठाउँदा संसदमा फिर्ता पठाउने कानूनी व्यवस्था नभएको बताए । उनले दुवै सदनबाट नागरिकता विधेयक पास भएकाले फास्ट ट्रयाकबाट प्रक्रिया पूरा गरी प्रमाणिकरणको लागि त्यही विधेयक फिर्ता पठाएर कार्यान्वयन गराउने बताए । कँडेलले नागरिकता विधेयकमा रहेका समस्या नयाँ संसदले पूरा गर्ने गरी अगाडि बढने बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा दिएको सुझाव उपयुक्त नभएका बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend