काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले सत्ता पक्षकै कारण प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको महाअभियोग छानविन समितिको बैठक बस्न नसकेको आरोप लगाए । उनले नेपाली काँग्रेसका सांसद ज्येष्ठ सदस्य रहेको र उहाँले अहिलेसम्म पनि समितिको बैठक बस्न नचाहेको बताए ।
सांसद पण्डितले बैठक बसेर छानविन प्रक्रिया थाले नेकपा एमालेका सदस्यहरु सक्रियताका साथ काम गर्न तयार रहेको बताए । उनले सरकार पक्षका सांसदहरुले प्रधानन्यायाधीशलाई महाअभियोग षड्यन्त्र पूर्वक ल्याएको बताए । पण्डितले छानविन समितिले निस्कर्षमा नपु¥याउनका लागि समय बिताउने काम भएको बताए ।