logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मुलुकको स्थिरताका लागि पाँच दलीय गठबन्धन कायम रहन्छ: मन्त्री कार्की

    मुलुकको स्थिरताका लागि पाँच दलीय गठबन्धन कायम रहन्छ: मन्त्री कार्की

    2.5K
    Shares
    मुलुकको स्थिरताका लागि पाँच दलीय गठबन्धन कायम रहन्छ: मन्त्री कार्की

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताएका छन् । सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज यहाँ आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई/शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका निम्ति आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने बताए ।

    उनले भने, “नेपाल सम्भावना भएको मुलुक हो, यहाँ जलस्रोत, पर्यटन, कृषिमा प्रचुर सम्भावना छ, त्यसको भरपुर उपयोग गरेर मुलुकलाई आगामी १० वर्षभित्रमा समृद्ध मुुलुकका रुपमा विकास गर्दै रोजगारीको सिर्जना गरी विदेसिएका युवालाई स्वदेशमै रोजगार बनाउने हाम्रो योजना छ ।”

    मन्त्री कार्कीले विकास, सेवा प्रवाह र जनगुनासो सम्बोधन गर्दै परिणाम आउने गरी जनताको पक्षमा काम गर्न नेपाली कांग्रेस पार्टीबाट नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिए । उनले भने, “जनताको मन नजितीकन प्रतिनिधि हुन सकिँदैन, तपाइँहरुले निर्वाचनको समयमा जनतासामु गर्नुभएको वाचा पूरा गर्नुपर्छ, त्यसका लागि सीमित स्रोत/साधनबीच योजना बनाएर प्राथमिकताका आधारमा काम गर्नुपर्ने हुन्छ, त्यसतर्फ ध्यान केन्द्रित गर्नुहो्स् ।” –रासस

     

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend