logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बञ्चरेडाँडामा आज पनि तनाव, फोहोर फाल्न अवरोध गर्ने पक्राउ

    बञ्चरेडाँडामा आज पनि तनाव, फोहोर फाल्न अवरोध गर्ने पक्राउ

    5.3K
    Shares
    बञ्चरेडाँडामा आज पनि तनाव, फोहोर फाल्न अवरोध गर्ने पक्राउ

     

    काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ। स्थानीयको विरोधका बीच प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी लैजान खोज्दा झडप भएको हो।

    सो क्रममा नुवाकोट प्रहरीले स्थानीय एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी प्रवक्ता रुपक खड्काका अनुसार एक जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा दिपेश कार्की रहेका खड्काले जानकारी दिए।

    जबरजस्ती फोहोर बन्चरेडाँडामा फाल्न थालेपछि स्थानीयले विरोध गर्दै आएका छन्।

    मंगलबार प्रहरीले बल प्रयोग गरेर १८६ गाडी फोहोर फालेको थियो । स्थानीयको अवरोध हटाउनलाई प्रहरीले रबर गोली समेत प्रहार गरेको थियो । सो क्रममा एक जना घाइते पनि भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend