सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप भदौ तेस्रो साता

एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप भदौ तेस्रो साता

काठमाडौं । भदौ अन्तिम साता एनआरएनए स्पोट्र्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको एनआरएनए राष्ट्रिय कराँते च्याम्पियनसिप आयोजना हुने भएको छ । आयोजकले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सातदोबाटोस्थित कराँते हलमा प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने जनाएको हो ।

दुई दिन सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ८४ केजी र ८४ केजी माथिको तौल समूहमा प्रतिष्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी दिएको हो । यस्तै महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६८ केजी र ६८ केजी भन्दा माथिको तौल समूह प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै महिला तथा पुरुष एकल काता, टिम काता र टिम कुमुतेमा समेत प्रतिस्पर्धा हुनेछ । नेपाल ईन्भेष्टमेण्ट बैंक, हिमालयन बैंक र मेघा बैंक लगायतका निकायहरुको आर्थिक सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न सात प्रदेश, विभागीय टोली त्रिभूवन आर्मी क्लव, नेपाली प्रहरी, नेपाल एपिएफ र एनआरएनसहित ११ टोलीले सहभागिता जनाउँदै छन् ।

प्रतियोगितामा कुल ३ सय १० खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रत्येक तौल समूहमा पहिलो हुनले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५÷५ हार रुपैयाँ पाउनेछन् भने महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कार प्रदान गर्ने जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend