logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • विद्युत प्राधिकरण र उर्जा मन्त्रालयले विद्युतीय गाडी मात्र खरिद गर्नुपर्छः पम्फा भुसाल

    विद्युत प्राधिकरण र उर्जा मन्त्रालयले विद्युतीय गाडी मात्र खरिद गर्नुपर्छः पम्फा भुसाल

    5.4K
    Shares
    विद्युत प्राधिकरण र उर्जा मन्त्रालयले विद्युतीय गाडी मात्र खरिद गर्नुपर्छः पम्फा भुसाल

    काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारीसाधन मात्र खरिद गर्नुपर्ने बताएकी छन् । बुधवार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री भुषालले यस्तो बताएकी हुन् ।

    उनले विद्युत प्राधिकरण र उर्जा मन्त्रालयले विद्युतीय गाडी मात्र खरिद गर्नुपर्ने बताइन् । मन्त्री भुसालले प्राधिकरणले विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई प्रभावकारी ढङगबाट अघि बढाउनुपर्ने बताइन् । उनले विद्युत खपत बढाउन विद्युतीय सवारी साधन खरिद गर्ने साथै चार्जिङ स्टेशन बनाउँदै विद्युतीय पूर्वाधारहरुको बिस्तारलाई तीब्ररुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताइन् ।

    उनले भनिन्,‘ विदेशी ग्यास छोडौं स्वदेशी विद्युत जोड्यौं भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई प्रभावकारी ढङ्गबाट अघि बढाउनु पर्नेछ । यसका लागि धेरै विद्युत खपत गर्ने ग्राहकलाई विद्युत महशुलमा छुट दिने निर्णय भएको छ । सरकार विद्युत खपत गर्ने नीति तथा कार्यक्रमसँगै अगाडि बढाएका छौं । सरकारले विद्युतको खपत बढाउन धेरै प्रकारका कार्यक्रम सञ्चालन गरिरहेको छ । प्राधिकरणले सवारी साधन खरिद गर्दा विद्युतीय सवारी साधन खरिद गर्ने साथै चार्जिङ स्टेशन बनाउँदै विद्युतीय पूर्वाधारहरुको बिस्तारलाई तीब्रपमा अगाडि बढाउनु पर्छ । उर्जा मन्त्रालयमा पनि यही कुरा लागू गरेका छौं । अब खरिद गरिने सवारी साधन विद्युतीय मात्रै हुनु पर्नेछ । विद्युत खपत बढाउनको लागि वर्षा आम र गर्मी समयको फरक फरक विद्युत महशुल निर्धारण गरिएको छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend