logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सत्ता गठबन्धन कार्यदलको बैठकः हालसम्मको प्रगति विवरण शिर्ष तहमा बुझाउने सहमति

    सत्ता गठबन्धन कार्यदलको बैठकः हालसम्मको प्रगति विवरण शिर्ष तहमा बुझाउने सहमति

    5K
    Shares
    सत्ता गठबन्धन कार्यदलको बैठकः हालसम्मको प्रगति विवरण शिर्ष तहमा बुझाउने सहमति

    काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको मोडालिटी तय गर्ने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलले सो सम्बन्धि आफ्नो हालसम्मको प्रगतिविवरण शिर्ष तहमा बुझाउने भएको छ । कार्यदलको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँडको मोडालिटी निष्कर्ष नजिक पुगेको उल्लेख गर्दै हालसम्मको प्रगति विवरण शिर्ष तहमा बुझाउने निर्णय गरेको हो ।

    अर्को बैठकमा त्यसबारे निर्णयमा पुग्ने गरी हालसम्म भएको प्रगति विवरण शिर्ष तहमा बुझाउने सहमति गरिएको सञ्चारमन्त्री समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘कार्यदललाई जुन जिम्मेवारी सुम्पिएको छ । त्यो जिम्मेवारीलाई पूरा गर्ने अन्तिमअन्तिम चरणमा पुगेका छौं । र, आज एक पटक अहिलेसम्म भएको छलफलका विवरणहरु जुन छ, त्यो विवरणहरु शिर्षस्थ नेताहरुलाई अवगत गराउने र त्यसपछि बस्ने बैठकबाट निर्णयमा पुग्ने सहमतिका साथ आजको बैठक अन्त्य भएको छ । अहिलेसम्म हामीले विभिन्न मोडालिटीमा छलफल गरेका छौं । र, तपाईहरुलाई मोडालिटीको बारेमा मैले पहिला पनि बताईसकेको छु । र, तिनै मोडोलिटीहरुलाई केन्द्रमा राखेर सिट विभाजनकै कुरा छ । त्यही मोडालिटीको आधारमा सिट विभाजनको हामी निष्कर्षको चरणतर्फ हामी अगाडि बढदैछौं । दलहरुलाई न्यायपूर्ण तरिकाले मिलाएर जाने कुरामा गठबन्धनमा रहेका सबै दलहरु सहमत छांै । र, त्यही न्यायपूर्ण तरिकाले अगाडि बढाउनका निमित्त लामो छलफल भएको छ ।’

    शिर्ष तहमा प्रगतिविवरण बुझाएपछि बस्ने बैठकले सो बारे आवश्यक निर्णय गर्ने पनि कार्य दलले जनाएको छ । गठबन्धनमा रहेका सबै दलहरुलाई न्याय हुने गरी मिलाएर सिट बाँडफाँड गर्ने कुरामा आफूहरुबीच सहमति रहेको उल्लेख गर्दै कार्य दल सदस्य समेत रहनु भएका मन्त्री कार्कीले अव बस्ने कार्यदलको बैठकले त्यसलाई टुंगोमा पु¥याए । उनले माओवादी केन्द्रको चुनाव चिन्ह हसिया र हतौडाबाट चुनाव लडने सहमति गर्नु भएको बाबुराम भट्टराई र बामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतीम पुग्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend