आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

चीनमा अविरल वर्षाः बाढीमा १६ को मृत्यु, दर्जनौं बेपत्ता

चीनमा अविरल वर्षाः बाढीमा १६ को मृत्यु, दर्जनौं बेपत्ता

उत्तरपश्चिम चीन । उत्तरपश्चिम चीनमा अविरल वर्षाका कारण गएको पहिरोपछि नदीले बाटो बदलिए आएको बाढीमा परी १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएका सरकारी सञ्चारमाध्यमहरुले बिहीबार जनाएको छ ।

छिङहाई प्रान्तको दाटोङ काउन्टीको पहाडी क्षेत्रमा आएको बाढीले छवटा गाउँका ६ हजार दुई सय भन्दा बढी मानिसलाई असर गरेको राज्य प्रसारक सीसीटीभीले जनाएको छ । यस बाढीको कारण अगस्त १८ सम्म १६ जनाको ज्यान गएको छ ।

चीनमा बाढी चरम गर्मीको समयमा आउँछ । जलवायु परिवर्तनका कारण विश्वभर बारम्बार तापक्रम बढ्दै गएको वैज्ञानिकहरूले जनाएका छन् ।
जुनमा दक्षिणी चीनमा आएको भीषण बाढीका कारण पाँच लाख भन्दा बढी मानिसलाई विस्थापित भएका थिए । करिब २५ करोड डलर बराबरको भौतिक सम्पति क्षति भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend