आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अन्य देशले आफ्ना युवाहरुलाई मदिराबाट टाढा राख्न रोज्दा जापान भने युवाले मदिरा नपिउँदा चिन्तित

अन्य देशले आफ्ना युवाहरुलाई मदिराबाट टाढा राख्न रोज्दा जापान भने युवाले मदिरा नपिउँदा चिन्तित

काठमाडौं । आफ्ना देशका युवाहरुलाई जाँड रक्सीबाट टाढा कसरी राख्ने भनेर विभिन्न देशका सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेका बेला जापान सरकार भने आफ्नो देशका युवायुवतीले रक्सी खान छोडेकोमा चिन्तित बनेको छ । युवाहरूमा कसरी पिउने बानीको विकास गर्न सकिन्छ भनेर अहिले जापान सरकार अध्ययन गरिरहेको छ।

नेशनल ट्याक्स एजेन्सीको निगरानीमा अहिले एउटा प्रतियोगिता आह्वान गरिएको छ। उक्त प्रतियोगितामा युवाहरूमाझ रक्सीको माग बढाउन के के गर्न सकिन्छ भन्ने प्रस्ताव पेस गर्नु पर्नेछ। ‘सेक भाइभा’ नाम दिइएको उक्त प्रतियोगितामा सेप्टेम्बर ९ सम्म प्रस्ताव पठाउन सकिनेछ। प्रतियोगितामा उत्कृष्ट हुने प्रस्तावलाई कार्यान्वयन गर्न सरकारले सहयोग गर्नेछ।

युवाहरूमाझ रक्सीको माग बढाउन सरकारले प्रस्ताव माग गरेपछि केहीले यसको आलोचना पनि गरेका छन्। सरकारले भने युवा युवतीहरूमा रक्सीको खपत कम हुँदा राजश्वमा कमी भएको बताएको छ। जापानी युवा युवतीहरूमाझ रक्सीको खपत कम हुनुमा विशेषतः दुइओटा कारण छन्।

पहिलो, जन्मदर :
सन् २०१९ को तथ्यांकअनुसार एक जना जापानी महिलाले आफ्नो जीवनकालमा औसतमा १.३६ बच्चा जन्माउँछन्। यसको असर जनसंख्यामा परेको छ। अहिले जापानको जनसंख्या वृद्धिदर ऋणात्मक छ। जन्मदर कम हुँदा जनसंख्यामा युवाहरूको हिस्सा सानो र बुढाबुढीको हिस्सा ठूलो हुँदै गएको छ। जनसंख्या नै कम भएपछि केही दशक पहिलाभन्दा अहिले रक्सी सेवन गर्ने युवा युवती कम भएका छन्। ४० देखि ६९ वर्षसम्मका जापानीहरूमध्ये झन्डै ३० प्रतिशतले हरेक साता तीन वा सो भन्दा धेरै पटक रक्सी पिउने गर्छन्। सातामा दुई तीन पटक रक्सी पिउने २० देखि २९ वर्षका युवा युवतीहरू भने ७.८ प्रतिशतमात्रै छन्।

दोस्रो, कोरोना महामारी रोक्न लगाइएको प्रतिबन्ध :
सन् २०१९को अन्तिमतिर सुरू भएको कोरोना भाइरसको महामारीलाई रोक्न जापान सरकारले पनि निकै कडा प्रतिवन्धात्मक व्यवस्थाहरू लागु गरेको थियो। प्रतिबन्धको सबैभन्दा ठूलो मार जापानका रेष्टुरेन्ट र पबहरूमा परेको थियो। खाने, पिउने ठाउँ लामो समय बन्द हुँदा स्वदेशी तथा विदेशी रक्सीको खपत स्वाट्टै घटेको थियो। घरमै बसेर पिउनेहरूको संख्या बढे पनि त्यसबाट महामारीभन्दा पहिलाको जति राजश्व उठन् सकेन।

रक्सीमाथिको कर जापान सरकारको एक प्रमुख आयस्रोत हो। सन् १९८० मा रक्सीबाट उठाएको कर कुल कर राजश्वको पाँच प्रतिशत थियो। सन् २०११ मा आएर त्यो कुल कर राजश्वको तीन प्रतिशतमा झरेको थियो। गत वर्ष रक्सीको करबाट उठेको पैसा जापान सरकारको अरू करबाट उठाएको पैसाको १.७ प्रतिशत मात्र थियो।

रक्सीको स्वदेशी बजारलाई धरासायी हुन नदिन र राजश्व बढाउन जापान सरकारले युवाहरूलाई रक्सी पिउने बनाउने अहिले उपाय खोजिरहेको हो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend