logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • शहीदको सपना पूरा गर्नका लागि पनि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्छः मुख्यमन्त्री शाही

    शहीदको सपना पूरा गर्नका लागि पनि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्छः मुख्यमन्त्री शाही

    6.9K
    Shares
    शहीदको सपना पूरा गर्नका लागि पनि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्छः मुख्यमन्त्री शाही

     

    सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

    शनिबार प्रदेश स्थापना तथा शहीद दिवस–२०७९ को शुभकामना सन्देश दिँदै उनले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिदा केन्द्रसँग नै निहित गरेको बताएका हुन् ।

     

    मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पूरा गर्नका लागि पनि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताएका छन् ।

    प्रदेश प्राप्तिको आन्दोलनका क्रममा ज्यानको आहुति दिने शहीदको सम्झनामा कर्णाली प्रदेश सरकारले ‘शहीद स्मारक पार्क’ स्थापनासमेत गरेको मुख्यमन्त्री शाहीले बताएका छन् ।

    साथै सरकारले शहीद परिवारका सन्ततिका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन र चालु आर्थिक वर्षदेखि शहीद परिवार भत्ताको समेत व्यवस्था गरिएको बताएको छ ।

    राज्य पुनर्संरचनाका क्रममा कर्णालीलाई छुट्टै प्रदेशको माग गर्दै आन्दोलन भएको थियो । हालको कर्णाली र सुदुरपश्चिम प्रदेशलाई एउटै बनाउने गरि भएको निर्णयको विरोधमा कर्णालीले गरेको आन्दोलनको फलस्वरुप नै अहिले कर्णाली प्रदेश प्राप्त भएको थियो ।

    प्रदेश प्राप्तिको आन्दोलनका क्रममा सुर्खेतका टीकाराम गौतम, यामबहादुर विसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुवँरको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।

    मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को दीर्घकालीन सोचलाई पुरा गर्न ‘६ ब’ को नीति अपनाइएको बताएका छन् । र, सोही अनुसार सरकार अघि बढिरहेको उनको भनाइ छ ।

    प्रदेशको विकासका लागी सकारात्मक चिन्तनको विकास गरि एकतावद्ध भएर अगाडि बढ्न प्रदेशवासीलाई आह्वान समेत गररेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend