logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनतालाई राहत दिन इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्छः नेता सिंह

    जनतालाई राहत दिन इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्छः नेता सिंह

    5.8K
    Shares
    जनतालाई राहत दिन इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्छः नेता सिंह

     

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उदघाटन कार्यक्रममा बोल्दै नेता सिहले यस्तो बताएका हुन् ।

    महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा यो काम गर्न सक्ने उनले बताए । नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए ।

    इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘अटोमेटिक प्रासिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन । सरकारले अलिकति पहल गर्नुपर्यो ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend