logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • पार्टी दर्ता भएको एक वर्ष पुगेको अवसरमा एकीकृत समाजवादीले दिवस मनाउँदै

    पार्टी दर्ता भएको एक वर्ष पुगेको अवसरमा एकीकृत समाजवादीले दिवस मनाउँदै

    6.6K
    Shares
    पार्टी दर्ता भएको एक वर्ष पुगेको अवसरमा एकीकृत समाजवादीले दिवस मनाउँदै

     

     

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले यही भदौ ९ गते पार्टी पुनर्गठन दिवसको आयोजना गर्ने भएको छ । पार्टी निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुगेको अवसरमा त्यस दिन पार्टी केन्द्रले विशेष कार्यक्रम गरी दिवसका रुपमा मनाउन लागेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।

    पार्टीका जनवर्गीय सङ्गठन तथा सबै कमिटीले पनि उक्त दिन देशैभर कार्यक्रमको आयोजना गर्ने छन् । करिब एक वर्षको अवधिमा देशका सबै जिल्लामा सङ्गठन विस्तार गरेको पार्टीले ७५३ पालिका तथा सबै वडामा सङ्गठन विस्तार गर्ने क्रममा छ ।

    नेकपा एमालेको वैचारिक दृष्टिकोणबाट असहमति प्रकट गर्दै केही नेता तथा कार्यकर्ताले विद्रोह गरी उक्त पार्टी स्थापना गरिएको थियो । पार्टीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्न समय तालिका तय गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend