logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • रसुवामा ट्राफिक कारबाहीबाट साढे २ लाख राजस्व संकलन

    रसुवामा ट्राफिक कारबाहीबाट साढे २ लाख राजस्व संकलन

    5.6K
    Shares
    रसुवामा ट्राफिक कारबाहीबाट साढे २ लाख राजस्व संकलन

     

    रसुवा ।

    ट्राफिक कारबाहीबाट साउन महिनामा रसुवा जिल्लामा २ लाख ४१ हजार ५ सय रुपियाँ राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय रसुवाका इन्चार्ज उज्ज्वलकुमार घलेका अनुसार साउन महिनामा चीनमा कोरोना देखा परेपछि आयात हुने माल सामान बन्द भएको र मुख्य पासाङ ल्हामु राजमार्गभित्र पर्ने सडक साउन २५ गते राति अत्यधिक वर्षाका कारण भासिएर बाटो अवरुद्ध भएपछि राजस्वमा कमी आएको हो ।

    ट्राफिक प्रहरीका अनुसार ७५ मोटरसाइकल कारबाही गर्दा ७५ हजार, ५० वटा कारजिपबाट ५० हजार, अन्य ठूला सवारी साधन १ सय २५ वटा कारबाहीमा पर्दा १ लाख १६ हजार ५ सय रूपियाँ राजस्व संकलन उठेको छ । पहिरोका कारण एक हाइलक्स गाडीको क्षति भएको छ । तर, मानवीय क्षति चाहिँ नभएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend