logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्छः जीवनराम श्रेष्ठ

    धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्छः जीवनराम श्रेष्ठ

    6.7K
    Shares
    धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्छः जीवनराम श्रेष्ठ

    काठमाडाै‌ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । सोमवार पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सरकारले विश्वका हिन्दु धर्मालम्वीहरुलाई पशुपतिनाथको दर्शनका लागि नेपाल भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् ।

    कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले पशुपतिनाथ विश्वका हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र रहेकोले विश्वका हिन्दु धर्मालम्वीहरु एक पटक पशुपति आउनुपर्ने मान्यतासमेत रहेको बताए । मन्त्री श्रेष्ठले पशुपति परिसर आफैँमा सभ्यताको पहिचान बोकेको स्थान रहेको पनि बताए । उनले पशुपति परिसरको व्यवस्थापन, सरसफाई र पूजा, आराधाना गर्न आउने धर्मालम्वीहरुलाई मैत्रीपूर्र्ण वातावरण बनाउने तथा मर्मत सम्भार र संरक्षण गर्ने विषयमा पशुपति क्षेत्र विकास कोषले ध्यान दिन जरुरी रहेको बताए । मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका साँस्कृतिक सम्पदाहरुलाई संरक्षण र संवद्र्धन गरे मात्रै पर्यटन विकास गर्न सकिने दाबी गरे ।

    उनले भने,‘पशुपतिनाथ विश्वका हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्र हो । पशुपति परिसर आफैँमा एउटा सभ्यताको पहिचान बोकेको ठाउँ हो । पशुपतिले विश्वका हिन्दु धर्मालम्वीहरु आउनुपर्छ भन्ने मान्यता बोकेको छ । सरकारले त्यो खालको वातावरण तयार गर्नुपर्ने आवश्यकता पनि छ । पशुपति परिसरका व्यवस्थापन, सरसफाई र पूजा आराधाना गर्न आउने धर्मालम्वीहरुलाई मैत्रीपूर्र्ण वातावरण बनाउने तथा यहाँको मर्मत सम्भार र संरक्षण गर्ने विषयमा पशुपति क्षेत्र विकास कोषले ध्यान दिनुपर्छ ।

    नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका संस्कृति र सम्पदाहरुलाई संरक्षण र संवद्र्धन गरेर मात्रै विकास गर्न सकिन्छ । पर्यटन मन्त्रालयले पर्यटन पुनरुत्थानका ७३ बँुदे कार्यक्रम घोषणा गर्दा साँस्कृतिक सम्पदाको संरक्षण गर्ने तथा मूर्त र अमूर्त सम्पदाहरुको संरक्षणमा महत्व दिएका छौं । यसको संरक्षण र संवद्र्धनबाट मात्रै नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकको अभिवृद्धि गर्नसक्छौं । नेपालको अर्थतन्त्रलाई टेवा पु¥याउन सक्छौँ । नेपालमा नै रोजगारी वृद्धि गरी मुलुकलाई समृद्धितर्फ लैजान सकिने मन्त्रालयले विश्वास लिएको छ ।’

    मन्त्री श्रेष्ठले मन्त्रालयले पर्यटन पुनरुत्थानका लागि ७३ बँुदे कार्यक्रम घोषणा गर्दा साँस्कृतिक सम्पदाको संरक्षण गर्ने तथा मूर्त र अमूर्त सम्पदाहरुको संरक्षणमा महत्व दिएको बताए । उनले मूर्त र अमूर्त सम्पदाहरुको संरक्षण र संवद्र्धनबाट मात्रै नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकको अभिवृद्धि गर्न सकिने दाबी गरे । भूकम्पबाट क्षतिग्रस्त पशुपति संग्रहालयको मर्मत सम्भार नेपाल इन्भेष्टमेण्ट बैंकले गरेको हो । बैंकले महास्नान घरमै ऐतिहासिक वस्तुको प्रदर्शन गर्न म्युजियम पनि निर्माण गरेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend