logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतमा थप ८ हजार ५८६ जना कोरोना सङ्क्रमण

    भारतमा थप ८ हजार ५८६ जना कोरोना सङ्क्रमण

    5.6K
    Shares
    भारतमा थप ८ हजार ५८६ जना कोरोना सङ्क्रमण

    भारत । भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म आठ हजार पाँच सय ८६ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ ।

    यसैसँगै भारतमा चार करोड ४३ लाख ५६ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात सोमबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा ९ हजार पाँच सय ३१ जनामा सङ्क्रमण देखापरेको थियो ।

    दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९६ हजार पाँच सय छ जना रहेका छन् ।कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार तीन सस ७० भन्दा बढीको मृत्यु भएको छ ।

    भारतमा हिजो एक दिनमा नौ हजार छ सय ८० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ३३ हजार छ सय २४ जना कोरोनामुक्त भएका छन् ।

    नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

    सो समयबाट हालसम्म दुई अर्ब दश करोड २४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend