logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादीको मधेशमा गर्ने चुनाव लक्षित राजनीतिक तथा वैचारिक प्रशिक्षण सर्‍यो

    माओवादीको मधेशमा गर्ने चुनाव लक्षित राजनीतिक तथा वैचारिक प्रशिक्षण सर्‍यो

    5.3K
    Shares
    माओवादीको मधेशमा गर्ने चुनाव लक्षित राजनीतिक तथा वैचारिक प्रशिक्षण सर्‍यो

     

    काठमाडौं । नेकपा माओवादी केन्द्रको मधेस प्रदेशमा गर्ने भनिएको राजनीतिक तथा वैचारिक प्रशिक्षण सारिएको छ । प्रदेश इन्चार्ज गणेश शाह अमेरिकाबाट फर्किएकाले भदौ ८ गते गर्ने भनिएको चुनाव लक्षित प्रशिक्षण सारिएको हो ।

     

    अब मधेस प्रदेशमा गर्ने भनिएको जनकपुरको प्रशिक्षण सबै प्रदेशमा सकिएपछि मात्रै सुरु गरिने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । माओवादीको सबैभन्दा बढी समस्या मदेश प्रदेशमा भएकाले सबैभन्दा पहिले मधेसबाटै अभियान सुरु गर्ने तयारी गरिएको थियो । तर, प्रदेशका इन्चार्ज स्वदेश फर्की नसकेकाले सबैभन्दा अन्तिममा राजनीतिक तथा वैचारिक प्रशिक्षण चलाउन थालिएको छ ।

    अब माओवादीले भदौ ९ गते गण्डकी प्रदेशबाट सुरु गरिने प्रचण्डको सचिवालयले जनाएको छ । आगामी बिहीबार पोखरामा गण्डकी प्रदेशमा प्रशिक्षण चलाउने भएको छ । प्रशिक्षण कार्यक्रमा पार्टी अध्यक्ष प्रचण्डसहित पार्टी पदाधिकारी, प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य र प्रदेशका नेता कार्यकर्ता सहभागी हुने भएका छन् । बैठकमा नेता कार्यकर्तालाई चुनाव केन्द्रीत बनाउन माओवादीले राजनीतिक तथा वैचारिक प्रशिक्षण चलाउन लागेको छ ।

    ‘अब चुनाव आउन जम्मा तीन महिना छ । पार्टीलाई सम्पूर्ण रुपले तयारी अवस्थामा राख्न जगाउनु पर्ने भयो’ पार्टी केन्द्रीय सदस्य देवेन्द्र पराजुली भने, ‘परम्परागत खालको प्रशिक्षण भन्दापनि अन्तरक्रियात्मक खालको बनाउन खोजेका छौँ । त्यसबाट तलको कुरा माथि र माथिको कुरा तल जानेगरी अन्तर संवाद खालको बनाउँछौं ।’ प्रदेश प्रशिक्षण गरेर समग्र प्रदेशको अवस्थाका विषयमा अध्यक्षसहित शिर्ष नेताहरुलाई समेत अवगत गराइने पराजुलीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend