logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् बीच भुक्तानी सेवा सम्बन्धी सम्झौता

    गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् बीच भुक्तानी सेवा सम्बन्धी सम्झौता

    7.9K
    Shares
    गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् बीच भुक्तानी सेवा सम्बन्धी सम्झौता

     

    काठमाडौं । गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरूलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ ।

    सम्झौताअनुसार, गरिमाको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरू प्राप्त गर्नेछन् । मोकोमार्फत मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानीलगायतका सेवाहरू सजिलै प्रयोग गर्न सक्नेछन् । साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दा बढी मर्चेन्टहरूमा स्क्यान टु पे मार्फत सजिलै बिल भुक्तानी गर्न सकिनेछ ।

    हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend