सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

आगामी निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा एमालेले हार्ने स्थिति छैनः अध्यक्ष ओली

आगामी निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा एमालेले हार्ने स्थिति छैनः अध्यक्ष ओली

 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा टिकट पाईन भनेर असन्तुष्ट नहुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । सिंगो पार्टी एकतावद्ध भएर लाग्ने हो भने आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले हार्ने स्थिति नरहेको जिकीर गर्दै अध्यक्ष ओलीले त्यसका लागि एकजुट भएर निर्वाचनको काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।

पार्टी पंक्ति एकजुट भएर निर्वाचनमा नजाने हो भने त्यसले आगामी निर्वाचनमा पार्टीलाई ठूलो घाटा बनाउने उनको भनाई थियो । नेकपा (एमाले) पर्सा जिल्ला कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उम्मेदवार हुनेले जित्नका लागि काम गर्ने र उम्मेदवार नपाउनेले जिताउनका लागि लागेमात्रै पार्टीको हित हुने पनि पटकपटक दोहो¥याए । उम्मेदवार नपाउनेहरु असन्तुष्ट भए त्यसले पार्टीलाई ठूलो घाटामा पु¥याउने उल्लेख गर्दै उनले उम्मेदवार नपाएहरुलाई पार्टीले सरकार बनाए, बहुमत ल्याए काम गर्नका लागि थुप्र्रै ठाउँहरु हुने पनि स्पष्ट पारे ।

ओलीले पार्टीका कुनै पनि नेता, कार्यकर्ताले विरोधीले उकासेको भरमा अधैर्यता राख्ने काम गर्न नहुने बताए । उनले आगामी निर्वाचनमा मतदाताको संख्या बढाउने र मतको रक्षा गर्ने काममा एमाले केन्द्रित हुनुपर्ने पनि बताए ।

अध्यक्ष ओलीले भने, ‘अहिले हाम्रो विरुद्ध सम्पूर्ण विरोधीहरु एकजुट भएर लागिराख्या छन । यस्तो अवस्थामा उनीहरुले हाम्रो विरुद्धमा भ्रम फिजाउन खोजिरहेका छन । हाम्रा विरुद्ध फाटो ल्याउन खोज्छन । हाम्रा विरुद्ध मानिसहरुलाई उचाल्न खोज्छन । कोही पनि साथीहरु पार्टीको विरुद्ध उचालिनु, अधैर्यता राख्नु हुँदैन । एउटा निर्वाचन क्षेत्रमा एक जना उम्मेदवार हुन्छ । प्रदेश क्षेत्र पनि १÷१ जना उम्मेदवार हुन्छ । त्यत्तिनै हो उम्मेदवार हुने । जो उम्मेदवार हुन्छ, उम्मेदवार हुने साथी जित्नका लागि काम गर्नुस् । जो उम्मेदवार हुनुहुन्न, उम्मेदवार नभएका साथी जिताउनका लागि काम गर्नुस् ।

उम्मेदवार पाईन भनेर असन्तुष्ट हुने हो भने एक जनाले उम्मेदवारी पाउँछ, बाँकि अरु त असन्तुष्ट हुने भए । त्यसकारण उम्मेदवार नपाएर असन्तुष्ट हुने काम, त्यसले हामीलाई ठूलो घाटा पु¥याउँछ । हामीले जित्यौ भने, सरकार बनायौं भने थुप्र्रै ठाउँहरु निस्कन्छन । हामी एकजुट भयौं भने हामी जहाँ पनि जित्न सक्छौं । एकजुट भएन जित्न सक्ने हो । जति एकजुट छौं, त्यत्ति बलियो छांै । जति विभाजित हुन्छौं, त्यति कमजोर हुन्छौं । त्यसकारण एकजुट हुनुपर्छ । एकजुट भयौं भने तराई मधेशका कुनै पनि क्षेत्रमा एमालेले नजित्ने खालको क्षेत्र छैन । तर त्यहाँ हाम्रो भित्र पनि समस्या छ । अव निर्वाचन आउँदैछ ।

यसमा अनेक प्रकारणका हत्कण्डा उनीहरुले प्रयोग गर्न सक्छन । हामीले ती सबै हत्कण्डालाई पराजित गर्नेगरी मतदाता संख्या बढाउने र मत रक्षा गर्ने । यो दुईटा कुरामा ध्यान दिनुस् । महिला दिदीबहिनीहरुमा अघि सघन ढंगले काम लगाउनुस् । आजको प्रवेश हेर्दा पुरुषमा अघि बढि काम भएको देखिन्छ, महिलामा अलि कम काम भएको हो कि भन्ने देखिन्छ । महिलाहरुमा काम लिएर जानुहोस् । राजनीति महिलाहरुमा लिएर जानुहोस् । अनि बल्ल समाज जाग्छ । त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु–युवाहरुमा काम लिएर जानुस् । आज पनि थोरै मात्रै युवाहरु प्रवेश गर्नु भएको छ । ती युवाहरुलाई प्रवेश गराउनेतिर जानुस् । र, टोलटोलमा संगठन, घरघरमा सदस्य अखिल नेपाल महिला संघले यो गर्नुपर्छ । युवा संघले त्यो गर्नु पर्दछ ।

किसान संघले त्यो गर्नु पर्दछ । र, अरु विभिन्न संगठनले पनि जहाँजहाँ हुन सक्दछ, टोलटोलमा संगठन, घरघरमा सदस्य त्यो अभियान हामीले जान सक्यौ भने मात्रै काम हुन सक्छ । माथिमाथि हामीले कुरा ग¥यौं तर तल जनताको बीचमा, आम जनताको बीचमा गएनौं भने, हामी अनावश्यक कुरामा कन्सस भयौं भने, केही पनि फुत्किदैन काम ग¥यौं भने । मजाले काम गर्नुपर्छ । यदि हामीले दम्भ देखायौं भने, घमण्ड ग¥यौं भने त्यसले राम्रो गर्दैन । त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु–एमाले अव अत्यन्त सक्रिय हुनुपर्छ । जो नेता साथीहरु हुनुहुन्छ, उहाँहरुको पदको नेता होइन, लिड गरेर कामका नेता । म अहिले पनि १८ घण्टा काम गर्छु । १८ घण्टा काम गर्छु म ।

अनि, प्रायः साथीहरु त म भन्दा कमै उमेरका हुनुहुन्छ । १८ घण्टा म काम गर्छु भने १८ घण्टा नगर्नुस तर कमसेकम १४ घण्टा त गर्नुस् । १२ घण्टा गर्नुस् । १० घण्टा गर्नुस् त्यो सक्नु हुन्न भने कमसेकम ८ घण्टा गर्नुस् । ८ घण्टा मात्रै एक जना मानिसले काम ग¥यो भने धेरै काम हुन सक्छ । त्यसकारण सक्रिय बनौं । संयमित बनौं, शालिन बनौं । विनम्र बनौं । र, जनताका बीचमा जाऔं । म नेताजीहरुलाई पनि आग्रह गर्न चाहन्छु । म फेरी एक पल्ट ’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend