logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न गठबन्धनमा सहमत

    निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न गठबन्धनमा सहमत

    5.9K
    Shares
    निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न गठबन्धनमा सहमत

     

    काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत भएका छन । कार्य दल र शिर्ष नेताहरुबीच मंगलबार बसेको बैठकले पनि सहमति जुटाउन नसकेपछि नेताहरु वान टू वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन ।

    सहमतीको नजिक पुगिएको र त्यसलाई सहज ढंगले टुंगो लगाउन शिर्ष नेताहरुबीच वान टू वान वार्ता गर्ने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए, उनले भने ‘हामी सहमतीको नजिक पुगेका छौं । आज चाँही हाम्रो कार्यदलको संयोजक सिटौलाजी अस्वस्थ हुनु भएको कारण पनि बैठक प्रभावित भयो । हामी चाँडै नै निष्कर्षमा पुग्नेछौं । जतिसक्दो चाँड टुंगो लगाउनुपर्नेछ । किनभने निर्वाचनको कार्यतालिका नै सार्वजनिक भईसकेको छ । यसको सहज निकासका लाग वान टु वान कुरा पनि हुन्छ ।’

    कार्य दलका संयोजक समेत रहनु भएका काँग्रेस नेता कृष्णप्रसाद सिटौला भने अस्वस्थ हुनु भएका कारण बैठकमा उपस्थिति हुन सक्नु भएन । त्यसले पनि सहमति जुटाउने कार्यलाई प्रभावित पारेको मन्त्री कार्कीको भनाई थियो । गठबन्धन दलहरुबीच २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र २०७९ सालको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाएर सिट बाँडफाँड गरेर जाने विषयमा छलफल केन्द्रित रहेको नेताहरुले बताउँदै आएका छन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend