logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • नागरिकता विधेयकमा एमालेले भ्रम छर्दैछः प्रचण्ड

    नागरिकता विधेयकमा एमालेले भ्रम छर्दैछः प्रचण्ड

    8.6K
    Shares
    नागरिकता विधेयकमा एमालेले भ्रम छर्दैछः प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा नेकपा एमालेले भ्रम छर्ने काम गरेको बताएका छन् । ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याउँदा राष्ट्रघात भयो भन्दै प्रचार गरेको प्रचण्डको आरोप छ ।

    भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने– आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था यो विधेयकमा छ । तर विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम भएको छ । यसप्रति सम्पूर्ण नागरिक सचेत हुन आवश्यक छ ।

    राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ भन्ने दुस्साहसलाई नेपाली जनताले असफल पार्ने प्रचण्डको दाबी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend