शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्ष गरिरहेको छु: अध्यक्ष प्रचण्ड

विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्ष गरिरहेको छु: अध्यक्ष प्रचण्ड

 

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू सङ्घर्षरत रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको शिलान्यास, उद्घाटन, अनुगमन र भेटभाटका क्रममा आझ बुधवार उनले राजनीतिक स्थायित्वका लागि आफ्नो सङ्घर्ष कायम रहेको बताए ।

कम्युनिस्ट पार्टी एकता र विघटनका कारण निर्वाचन क्षेत्रमा सोचे जति काम हुन नसकेको भन्दै उनले पछिल्लो समय विकासका काम तीव्र गतिमा अघि बढेको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘विगतका वर्षहरूमा कोरोना महामारी र यसअघिको सरकारको अवरोधका कारण विकासले गति लिन सकेन ।’ माडीको विकासमा निकुञ्ज ऐन बाधक रहेको भन्दै उनले त्यसलाई समयसापेक्ष बनाउने गरी प्रक्रिया अगाडि बढेको बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend