logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थपिए

    नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थपिए

    7.3K
    Shares
    नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थपिए

    नुवाकोट । नुवाकोटमा चार हजार पाँच सय ३७ मतदाता थप भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ३७ हजार चार सय ३४ मतदाताले मताधिकार प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचनपश्चात् नयाँका लागि गत असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो ।

    आगामी मङ्सिर ४ गते सङ्घ र प्रदेशको निर्वाचन हुने मिति तोकेपछि मतदाता नामावली सङ्कलन कार्य रोकिएको थियो ।

    असार १ गतेदेखि साउन २० गतेसम्म जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय सातबिसे र निर्वाचन कार्यालयमा गरी चार हजार पाँच सय ३७ ले मतदाताको लागि फोटो खिचाएको निर्वाचन कार्यलय निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो । थप भएकासहित नुवाकोटमा कूल मतदाताको सङ्ख्या दुई लाख ४१ हजार नौ सय ७१ पुगेको निर्वाचन अधिकारी गौतमले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend