logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • थप ४८७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    थप ४८७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    8.9K
    Shares
    थप ४८७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

     

    काठमाडौं । आज ४८७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर चार हजार १७७ नमूना परीक्षण गर्दा ४८७ जनामा कोरोना देखिएको हो।

    मंगलबार चार हजार ९४९ नमूना परीक्षण गर्दा ६३४ जनामा कोरोना देखिएको थियो। आज एक हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जनामा र दुई हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जनामा कोरोना देखिएको छ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९९५ पुगेको छ।

    बुधबार १६४ जना निको भएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या पनि चार हजार २९८ पुगेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend