शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

गृहमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता

गृहमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा वर्तमान सुरक्षा अवस्था र निर्वाचन सुरक्षा चुनौतीलगायत विषयमा छलफल भएको बताइएको छ ।

सरकारले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ । सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षा योजना तयार गरिरहेको छन् । सुरक्षा संगठनहरुले पेश गरेको सुरक्षा योजनाका आधारमा केन्द्रिय सुरक्षा समितिले एकीकृत सुरक्षा योजना बनाएर लागु गर्ने कानुनी प्रावधान छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend