logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसद्ले गति लियोः सभामुख सापकोटा

    संसद्ले गति लियोः सभामुख सापकोटा

    3.9K
    Shares
    संसद्ले गति लियोः सभामुख सापकोटा

    चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा गतिरोध अन्त्य भई संसद्ले गति लिएको बताएका छन् । सिन्धुपाल्चोक  को सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्याम्पसको २२औँ वार्षिकोत्सव कार्यक्रममा उनले पुनःस्थापित सदनबाट नै विभिन्न विधायक पास हुँदै समस्या समाधान भएको बताए ।

    सो अवसरमा सहभागी वक्ताहरूले चौतारा बहुमुखी क्याम्पस जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गरेका थिए । क्याम्पसका प्राचार्य नगेन्द्रप्रसाद दंगालले वार्षिक प्रतिवेदन पेश गर्दै क्युएए प्राप्तिको बाटोमा क्याम्पस रहेको उल्लेख गरे । उनले पुस्तकालय व्यवस्थापनदेखि अनुसन्धानमूलक कार्य र प्रयोगात्मक शिक्षामा जोड दिँदै जाने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend